Lite Nepal

सोमबार, भाद्र २९, २०८३

विराटनगर । मोरङ उद्योग व्यापार संघको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। अनिलकुमार साहको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो। नयाँ कार्यसमितिमा सदस्यतर्फ सुशील सुराना, अनिल सारडा, विनीत सिंघानिया, दीपेश सुवेदी, विवेककुमार अग्रवाल, विकासकुमार बेगवानी र अनन्त घिमिरे निर्वाचित भएका छन्।

त्यसैगरी अभितकुमार सारडा, पवन राठी, मनिषकुमार मारू, अमित राठी, राजेशकुमार अग्रवाल, संजयकुमार श्रेष्ठ, देवाशीष गोलेछा र वेदान्त जाजू पनि निर्विरोध निर्वाचित भएका छन्।  नवनिर्वाचित कार्यसमितिको बैठकले उपाध्यक्ष, महासचिवलगायत अन्य पदाधिकारीको जिम्मेवारी चयन गर्नेछ। संघको निर्वाचन कार्यक्रमअनुसार आइतबार निर्वाचन कार्यतालिका थियो भने निर्विरोध कार्यसमिति चयन भएपछि मतदान प्रक्रिया स्थगित गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं