काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ ।
अघिल्लो दिन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ लाख १ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ६ सय २० रुपैयाँ कायम भएको छ ।