विराटनगर । तीजको व्रत, पूजाआजा र तीजका गीतमा नाचगानसँगै विराटनगर–७ देवकोटा चोकस्थित श्री बनसखण्डी महादेव मन्दिरमा चहलपहल देखिएको छ। बिहानैदेखि व्रतालु महिला दिदीबहिनीहरू भगवान् शिवको दर्शन तथा पूजाआजाका लागि मन्दिर पुगेका छन्।
मन्दिरमा पूजाआजाका लागि भक्तजनहरू लाइनमा बसेका छन्। यद्यपि, विगतका वर्षहरूको तुलनामा यस वर्ष भक्तजनको उपस्थिति केही कम देखिएको छ। पूजाआजा सम्पन्न गरेका व्रतालु महिला दिदीबहिनीहरू भने तीजका गीतमा नाच्दै–गाउँदै पर्वको रौनकमा रमाइरहेका छन्। मन्दिर परिसरमा तीजका गीत र नृत्यले छुट्टै उत्साह थपेको छ।

तीज पर्वमा महिलाहरूले निराहार तथा फलाहार व्रत बसेर भगवान् शिवको पूजा–आराधना गर्ने धार्मिक परम्परा रहँदै आएको छ। तीजका अवसरमा विभिन्न शिवालय तथा मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।
तस्बिरहरु





