Lite Nepal

मंगलबार, भाद्र ३०, २०८३

काठमाडौं । सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ। असोज १५ गतेसम्मको सम्भावित कार्यसूचीसहितको संसदीय क्यालेन्डर प्रकाशित भएसँगै त्यसपछि एक वा दुई बैठक राखेर अधिवेशन अन्त्य गर्ने तयारी भएको हो।

संसदीय क्यालेन्डरअनुसार असोज १५ गतेसम्म विभिन्न विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल तथा विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने कार्यसूची छ।

असोज १६ गते प्रतिनिधिसभाको बैठक राखेर अधिवेशन अवधिका गतिविधिमाथि छलफल गराउने तयारीसमेत भएको नेताहरूले बताएका छन्।

त्यसपछि चालू अधिवेशन अन्त्य गरी अर्को अधिवेशन पुसमा बोलाउने सरकारको तयारी रहेको बताइएको छ।

चालू अधिवेशन २८ वैशाख २०८३ मा सुरु भएको थियो। यस अवधिमा बजेट तथा बजेटसँग सम्बन्धित कानुन पारित भएका छन् भने अध्यादेश प्रतिस्थापन विधेयकहरू पनि ऐनमा रूपान्तरित भएका छन्।

मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर तथा समसामयिक विषयमा मन्त्रीहरूको सम्बोधनलगायतका काम भए पनि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने हुन सकेको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं