Lite Nepal

मंगलबार, भाद्र ३०, २०८३

झापा । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भन्दै सरकारी कार्यालय, बैठक र विभिन्न शैक्षिक संस्थामा प्रवेश गरी दबाब तथा धाकधम्की दिने गरेको आरोपमा एक युवक झापाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विश्वकर्माले आफूलाई रास्वपाको केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै परिचय दिने गरेका थिए ।

उनले सोही परिचयका आधारमा झापाको विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गर्ने गरेको र धाकधम्की दिने गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विश्वकर्मालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले दाबी गरेका पद तथा जिम्मेवारी वास्तविक नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विश्वकर्मालाई जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले विश्वकर्माले झुटो परिचय दिई कसैबाट कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानि–नोक्सानी पुर्‍याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं