Lite Nepal

मंगलबार, भाद्र ३०, २०८३

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनका लागि चारवटा समिति गठन गरी संयोजक तोकेको छ। पूर्वमहामन्त्री एवं महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले निर्वाचन समितिमा एगराज पोखरेल, सदस्यता व्यवस्थापनमा किरणराज शर्मा, अनुशासनमा पद्मनारायण चौधरी र विधान मस्यौदा समितिमा शिव हुमागाईंलाई संयोजक तोकेका हुन्।

देउवा पक्षले असोज १५ गते वडा अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। यता, कांग्रेसले भने असोज ३ र ४ गते वडा अधिवेशनबाट महाधिवेशन प्रक्रिया सुरु गरी असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं