Lite Nepal

बुधबार, भाद्र ३१, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०७ रुपैयाँ ३६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १९ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ९२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ९० पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४२ रुपैयाँ २० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २६ पैसा र बिक्रीदर ११ रुपैयाँ ३१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५ रुपैयाँ ७४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २३ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ १५ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ४९ पैसा बिक्रीदर ४०८ रुपैयाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३९८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ५८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं