Lite Nepal

बुधबार, भाद्र ३१, २०८३

सिरहा । सिरहामा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बरामद गाँजाको तौल १०५ किलो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार गएराति करिब ८ बजे चोहर्वातर्फबाट एम्बुलेन्समा गाँजा लोड गरी सिरहातर्फ ल्याउँदै गरेको गोप्य सूचना प्राप्त भएपछि प्रहरीले उक्त एम्बुलेन्सलाई पछ्याएको थियो ।

सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा प्रहरीलाई देखेपछि एम्बुलेन्स चालक सवारीसाधन छाडेर फरार भएका थिए । त्यसपछि प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएर जाँच गर्दा भित्र लुकाएर राखिएका ५ वटा बोराबाट १०५ किलो गाँजा बरामद गरेको हो ।

प्रहरीले गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएको छ ।

फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं