Lite Nepal

बुधबार, भाद्र ३१, २०८३

झापा । मेचीनगर नगरपालिकाको वडा नं ३ तेलपानीस्थित धानबारीमा जंगली हात्ती आज बिहान मृत फेला परेको छ ।

डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहीवार यादवले हात्ती मरेको घटनास्थलतर्फ वन कार्यालयको टोली पठाइएको जानकारी दिए । स्थानीयवासीले धान खेतमा वयस्क दाह्रे हात्ती मरेको देखेर खबर गरेको उनले बताए। हात्तीको मृत्युको कारण थाहा हुन नसकेको उनले बताए ।

मेचीनगरको वडा नं २, ३, ४ र ५ मा लामो समयदेखि जंगली हात्तीले मानवीय तथा किसानको खेती बालीमा ठूलो क्षति पुर्‍याउँदै आएको छ । झापामा मेची नदी पार गरेर भारतीय जङ्गलबाट ठूलो सङ्ख्यामा जंगली हात्ती चरणका लागि आउने गरेका छन् भने स्थानीय जंगलमा बस्दै आएका रैथाने हात्तीको सङ्ख्या पनि हालैका वर्षहरूमा बढेको छ ।

डिभिजन वन कार्यालयको तथ्यांकअनुसार पछिल्लो १६ वर्षमा झापाको विभिन्न क्षेत्रमा २८ वटा जंगली हात्ती मृत भेटिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं