काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ८५ रुपैयाँले बढेर बुधबार ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।