काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र पाँचजनाको शव भेटिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
भदौ १० मा रसुवाको भोटेकोसी नदीमा आएको बाढीले चिलिमेसहितका जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । आयोजनाका कामदार तथा कर्मचारी बाढीमा परेर बेपत्ता छन् ।

सुरुङभित्र मानिसहरू रहेको आशंकामा नेपाली सेनासहित सशस्त्रका ११ जनाको टोली खोजीमा खटिएका थिए ।