Lite Nepal

बुधबार, भाद्र ३१, २०८३

काठमाडौं । सरकारले शेयर कारोबारमा लाभ कर घटाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

‘३६५ दिनभन्दा बढी स्वामित्वमा रहेकाका लागि ३.५ प्रतिशत लाभ कर त्यसभन्दा बढीका लागि पाँच प्रतिशत अग्रिम कर कायम गरिएको छ । यसअघि ३६५ दिनभन्दा बढी स्वामित्वमा रहेकाका लागि ७.५ प्रतिशत र त्यो भन्दा कमका लागि १० प्रतिशत थियो,’ मन्त्री पोखरेलले भने ।

अर्थमन्त्रालयले पुँजीबजार पुनरुत्थान कार्ययोजनामा उक्त प्रस्ताव ल्याएको थियो । मन्त्रिपरिषद्ले उक्त प्रस्ताव स्वीकृत गरेको हो । यस्तै, बैठकले सरकारी सेवा डिजिटल बनाउनेसम्बन्धी नियमावली स्वीकृत गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं