Lite Nepal

बिहिबार, आश्विन ०१, २०८३

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदअन्तर्गत नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४ बजे कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ।

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ। नेपालले बुधबार भएको पहिलो खेलमा आयोजक जापानसँग ३–० को सोझो सेटमा पराजय व्यहोरेको थियो। समूह ‘ए’ मा रहेको नेपाल आज इन्डोनेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ।

एफआइभीबीको पछिल्लो विश्व वरीयताअनुसार इन्डोनेसिया ५३औँ तथा नेपाल ६९औँ स्थानमा छन्। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक सहभागिता जनाएको हो। यसअघि सन् २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपाल ११औँ स्थानमा रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं