काठमाडौं । ताप्लेजुङका किसान तथा पशुपालकका समस्या लिएर सांसद क्षितिज थेबेले प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले ताप्लेजुङमा करिब ६० प्रतिशत जनता कृषिमा निर्भर रहेको र दूधबाट वार्षिक साढे ४ लाख केजीभन्दा बढी छुर्पी उत्पादन हुने बताए।
छुर्पीको बौद्धिक सम्पत्ति अधिकार संरक्षणको व्यवस्था गर्न माग गर्दै उनले कोभिड–१९ पछि चीनतर्फ चौँरी निकासी रोकिँदा पशुपालक किसान समस्यामा परेको बताए। चीनतर्फ चौँरी निकासी रोकिएको कारण पत्ता लगाई कूटनीतिक पहलमार्फत निकासी खुलाउन उनले सरकारसँग माग गरे।

त्यस्तै, परीक्षणमा खरेत रोग नदेखिएको अवस्थालाई आधार बनाएर ताप्लेजुङलाई खरेत रोगमुक्त क्षेत्र घोषणा गर्न आवश्यक पहल गर्नुपर्ने उनको माग छ।