Lite Nepal

बिहिबार, आश्विन ०१, २०८३

काठमाडौं । ताप्लेजुङका किसान तथा पशुपालकका समस्या लिएर सांसद क्षितिज थेबेले प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएका छन्।  प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले ताप्लेजुङमा करिब ६० प्रतिशत जनता कृषिमा निर्भर रहेको र दूधबाट वार्षिक साढे ४ लाख केजीभन्दा बढी छुर्पी उत्पादन हुने बताए।

छुर्पीको बौद्धिक सम्पत्ति अधिकार संरक्षणको व्यवस्था गर्न माग गर्दै उनले कोभिड–१९ पछि चीनतर्फ चौँरी निकासी रोकिँदा पशुपालक किसान समस्यामा परेको बताए। चीनतर्फ चौँरी निकासी रोकिएको कारण पत्ता लगाई कूटनीतिक पहलमार्फत निकासी खुलाउन उनले सरकारसँग माग गरे।

त्यस्तै, परीक्षणमा खरेत रोग नदेखिएको अवस्थालाई आधार बनाएर ताप्लेजुङलाई खरेत रोगमुक्त क्षेत्र घोषणा गर्न आवश्यक पहल गर्नुपर्ने उनको माग छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं