विराटनगर । भारतीय क्रिकेटर पृथ्वी शा र उनकी मंगेतर आकृति अग्रवाल इन्गेजमेन्ट गरेको करिब ६ महिनामै अलग भएका छन्।
दुवैले सन् २०२६ मार्च ८ मा इन्गेजमेन्ट गरेका थिए। आकृतिले बिहीबार सामाजिक सञ्जालमार्फत् आफूहरू आपसी सहमतिमा अलग भएको जानकारी दिएकी हुन्।

उनले भविष्यका लक्ष्य र परिस्थितिमा भिन्नता रहेकाले अलग हुने निर्णय गरेको बताएकी छन्।
आकृतिले आफूहरूबीच माया र सम्मान रहे पनि भविष्यका लागि फरक बाटो रोज्नु परेको उल्लेख गर्दै व्यक्तिगत विषयमा थप अड्कलबाजी नगर्न आग्रह गरेकी छन्।
पृथ्वीको कप्तानीमा भारतले सन् २०१८ मा यू–१९ विश्वकपको उपाधि जितेको थियो।
उनले त्यसपछि भारतीय राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियसमेत खेलेका छन्।