Lite Nepal

शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद मोहम्मद खालिदले संघीयता कार्यान्वयन, मधेस विकास र समावेशी प्रतिनिधित्वमा सरकार उदासीन रहेको बताएका छन्। राष्ट्रियसभा बैठकमा उनले प्रहरी समायोजन, आवश्यक संघीय कानुन र प्रशासनिक हस्तान्तरण प्रक्रिया अघि बढ्न नसकेको भन्दै आलोचना गरे।

उनले हुलाकी सडक र कमला पुल निर्माणमा भइरहेको ढिलाइप्रति पनि असन्तुष्टि जनाउँदै मधेसी, मुस्लिम तथा पिछडिएका वर्गको प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसँग माग गरे। साथै, आगामी राजदूत नियुक्तिमा संविधानको मर्मअनुसार सबै समुदायको समावेशी प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं