Lite Nepal

शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा छापा मार्नुका साथै पदाधिकारीसँग सोधपुछ गरेको छ।

सीआईबीले एन्फाको सातदोबाटोस्थित मुख्यालयबाट अनुसन्धानका लागि विभिन्न कागजात नियन्त्रणमा लिएको छ। त्यसक्रममा एन्फाका पदाधिकारीसँग समेत सोधपुछ गरिएको सीआईबी स्रोतले पुष्टि गरेको छ।

एन्फामा आर्थिक अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको हो। सोही अनुसन्धानका क्रममा सीआईबीले एन्फा मुख्यालयमा छापा मार्नुका साथै पदाधिकारीसँग सोधपुछ गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं