Lite Nepal

शनिबार, आश्विन ०३, २०८३

विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीले लागूऔषध गाँजा र पिकअप गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार  शनिबार राति ३ बजे सुनसरीको इनरुवा नगरपालिका–१०, जाल्पापुर चम्राही टोलबाट शंकास्पद अवस्थामा रहेको पिकअप गाडी जाँच गर्ने क्रममा ठूलो परिमाणमा गाँजा बरामद भएको हो।

प्रहरीले १ च. ८२७९ नम्बरको टाटा पिकअप गाडी जाँच गर्दा गाडीमा लोड गरिएको अवस्थामा  १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।

गाँजा र पिकअपसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबारविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं