काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। देशभर आज र भोलि वडा अधिवेशन हुँदैछ। पार्टी सभापति गगन थापाले आफ्नो क्रियाशील सदस्यता रहेको काठमाडौँ महानगरपालिका–३० नम्बर वडामा अधिवेशनको उद्घाटन गर्दै सम्बोधन गरेका छन्। सोही क्रममा उनले वडा अधिवेशनका लागि आफ्नो मनोनयनसमेत दर्ता गराएका छन्।
वडा अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहपूर्वक सहभागी हुन कांग्रेसले आग्रह गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना हुँदैछ। महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रमका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
