Lite Nepal

शनिबार, आश्विन ०३, २०८३

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका क्रममा थप ११ वटा शव फेला परेका छन्।

असोज ३ गते आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा अडिट ३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ती शवहरू फेला पारी बाहिर निकालेको नेपाली सेनाले जनाएको हो।

बाढीका कारण आयोजनास्थलबाट ठुलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन् । बेपत्ता अन्य व्यक्तिहरूको खोजी कार्य अझै जारी रहेको सेनाले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं