Lite Nepal

शनिबार, आश्विन ०३, २०८३

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको जंगलमा भेटिने चर्चित जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ ।

शनिबार बिहान बिसहजारी ताल नजिकै रहेको कुमाल तालको छेउमा हात्ती मृत भेटिएको थियो ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेकमा लगेको विद्युत्को तारबाट करेन्ट लाग्दा रोनाल्डोको घटनास्थलमा नै मृत्यु भएको हो ।

सेनाले बिसहजारी तालको गेटतिरबाट विद्युत् लगेको थियो ।

स्रोतका अनुसार, झण्डै १५१६ फिट अग्लो ठाँउमा रहेको तारसँगै रहेको घाँसलाई खानका लागि रोनाल्डोले तान्दा घाँससँगै तारसमेत झरेको थियो ।

बाहिर इन्सुलेसन गरेको तार रोनाल्डोले चपाउँदा त्यसमा प्रवाह भएको करेन्ट उसको मुख तथा जिब्रोमा लागेको थियो ।

५३ वर्षीय रोनाल्डो सौराहाको हात्ती प्रजनन् केन्द्रमा रहेका पोथी हात्तीसँग प्रजनन् गर्ने एक नम्बरको हात्ती रहेको थियो ।

रोनाल्डो हात्ती २४ वर्ष अगाडि निकुञ्जमा देखिएको थियो । रोनाल्डो ३८ वटा छावाको बाबू भएको निकुञ्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं