Lite Nepal

शनिबार, आश्विन ०३, २०८३

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल कात्तिक ९ गते हुनेछ।

लिग चरणका खेलहरू कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि मंसिर १ गते पहिलो क्वालिफायर, मंसिर २ गते इलिमिनेटर र मंसिर ३ गते दोस्रो क्वालिफायर खेल हुनेछ। प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते हुनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं