Lite Nepal

शनिबार, आश्विन ०३, २०८३

विराटनगर । सुनसरीको देवानगञ्जमा शनिबार साँझ भएको गोली प्रहारको घटना व्यक्तिगत रिसइबीका कारण भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

देवानगञ्ज–१ का २३ वर्षीय निरजकुमार यादवमाथि गोली प्रहार भएको थियो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका–२ का २ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिगत रिसइबीका कारण यादवमाथि आक्रमण भएको हुन सक्ने देखिएको हो ।

नियन्त्रणमा लिइएका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको छ । उनीहरूको परिचय यो समाचार तयार पार्दा सम्म प्रहरीले खुलाएको छैन ।

यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनी बोल्न सक्ने अवस्थामा छन् । यादवको दाहिने तिघ्रामा चोट लागेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं