Lite Nepal

आइतबार, आश्विन ०४, २०८३

काठमाडौं । आज नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार आज बिहान ९ बजे निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बोलाइएको छ भने दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको छ ।

कार्यदल र सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बस्नेछ । कार्यदलले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिएर सचिवालय बैठकमा पेस गर्ने तयारी छ ।

सचिवालय बैठकमा कार्यदल प्रतिवेदन र केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे छलफल हुनेछ । एमाले केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरस्थित रामबाग महल भनिमण्डलमा बस्ने तय भएको एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं