Lite Nepal

आइतबार, आश्विन ०४, २०८३

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा घरायसी विवादका क्रममा हँसिया प्रहारबाट एक महिलाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका पति ५८ वर्षीय गन्दुराम राईलाई पक्राउ गरेको छ।

शनिबार राति करिब १२ः३० बजे गन्दुरामले मादक पदार्थ सेवन गरी ४५ वर्षीया पत्नी विमला राईमाथि हँसिया प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र हँसिया प्रहारबाट विमलाको घाँटीमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनापछि गन्दुराम आफैं अस्थायी प्रहरी चौकी माडिबास पुगेका थिए। उनले घटनाबारे जानकारी गराएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारमा लगेको छ।

घटनाको सूचना पाएलगत्तै प्रहरी टोलीले गम्भीर घाइते विमलालाई उद्धार गरी उपचारका लागि नगर अस्पताल बेल्टार पुर्‍याएको थियो। तर, अस्पताल पुर्‍याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

पक्राउ परेका राईलाई अनुसन्धानका लागि हिरासतमा राखिएको  इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरिक्षक प्रभात लोक्साम लिम्बूले जानकारी दिए । उनकोअनुसार  घटनाबारे थप अनुसन्धान गरिरहेको  छ।

पक्राउ परेका गन्दुरामविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं