Lite Nepal

आइतबार, आश्विन ०४, २०८३

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेहरूको सङ्ख्या १ हजार ४ सय ३६ पुगेको छ। आइतबार बिहान ११ बजेसम्मको अध्यावधिक विवरण अनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट उक्त सङ्ख्यामा शवहरू फेला पारिएको हो।

प्रहरीले दिएको जानकारी अनुसार रसुवामा २ सय २३, नुवाकोटमा २ सय ३, धादिङमा ७२, चितवनमा ३ सय ६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जना गरी कुल १ हजार ४ सय ३४ जनाको शव फेला परेको छ। यसै गरी बाढीमा घाइते भई काठमाडौँमा उपचार गराइरहेका मध्ये थप २ जनाको मृत्यु भएको छ।

१ हजार २ सय ९२ वटा शवको व्यवस्थापन
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलन लगायतका आवश्यक कानुनी प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ९२ वटा शव माटोमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।

शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९७ गरी कुल ३ हजार २ सय ८३ वटा डिएनए नमुना संकलन गरिसकिएको प्रहरीले जनाएको छ । पहिचान हुन नसकेका १ हजार ३ सय ६२ वटा शवहरूको विवरण सर्वसाधारणको जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा अपलोड गरिएको छ।

४ हजार ६ सय ५५ जना अझै बेपत्ता, उद्धारमा ८ हजार प्रहरी परिचालन
बाढीमा परी बेपत्ता भएका ४ हजार ६ सय ५५ जनाको अझै खोजी कार्य जारी रहेको छ। प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू प्रत्यक्ष रूपमा परिचालन गरिएका छन्।

यसैगरी, बाढीबाट प्रभावित भई विस्थापित भएका १ हजार ३ सय ७२ जना व्यक्तिहरूलाई विभिन्न जिल्लाहरूमा स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा राखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं