काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनाललाई संयुक्त राष्ट्रसंघको महासभाका लागि आवश्यक तयारी गर्न नीतिगत निर्देशन दिएको छ ।
प्रवक्ता जगदीश खरेलले सार्वजनिक गरेको आइतबार बसेको पार्टीको सचिवालय बैठकका निर्णयमध्ये उक्त विषय दोस्रो नम्बर बुँदामा उल्लेख छ ।

‘संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लाग्नुभएका सम्माननीय प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतको कार्यदललाई नेपालको भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्षहरू, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्ने गरी तयारी गर्न नीतिगत निर्देशन दिइएको छ,’ निर्णयमा उल्लेख छ ।
बैठकका सात निर्णयमध्ये दोस्रो बुँदामा ‘संयुक्त राष्ट्रसंघीय महासभामा नेपालको सहभागितासम्बन्धी’ विषय समेटिएको छ ।