काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठकमा केन्द्रीय सचिवालय बैठकले पारित गरेका एजेण्डालगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
आज बिहान बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका लागि अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका एजेण्डा तय गरेको थियो।

त्यस्तै, निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन पनि केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिनेछ।