Lite Nepal

मंगलबार, आश्विन ०६, २०८३

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१ औं महासभाअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र साह आज (मंगलबार) अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री साहले बिहीबार महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यसूची तय भएको छ । न्यूयोर्क बसाइका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जन र परराष्ट्र सचिव अमृतबहादुर राई लगायतका उच्चपदस्थ अधिकारीहरू नेपाली टोलीमा समावेश छन् ।

परराष्ट्रमन्त्री खनालको टोली भने विभिन्न मन्त्रीस्तरीय बैठक र छलफलमा सहभागी हुन यसअघि नै न्यूयोर्क पुगिसकेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालले यसपटकको महासभामा ‘जलवायु न्याय’ र ‘पर्वतीय मुद्दा’लाई मुख्य प्राथमिकतामा राखेको छ । महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको जनधनको क्षति, हिमाली क्षेत्रमा परेको असर तथा जलवायु वित्तका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा जोडदार रूपमा उठाउने तयारी गरेको छ ।

विशेष गरी जोखिमयुक्त मुलुकहरूलाई थप ऋणको भार थप्नुको साटो जलवायु न्यायलाई अधिकारका रूपमा स्थापित गर्नुपर्ने र ‘हानि-नोक्सानी कोष’ (लस एन्ड ड्यामेज फन्ड)मार्फत उपयुक्त आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने माग नेपालले राख्नेछ ।

प्रधानमन्त्री साह महासभामा सहभागी भई असोज १० गते शनिबार काठमाडौं फर्किने कार्यक्रम छ भने परराष्ट्रमन्त्री खनाल असोज १३ गते स्वदेश फर्किनेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं