काठमाडौं । बढुवा भएका नेपाली सेनाका सैनिक अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । ३१ भदौमा सहायक रथीबाट उपरथीमा बढुवा भएका सोवेन्द्र सिंह महत र प्रकाश थापालाई प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
त्यस्तै, महासेनानीबाट सहायक रथीमा बढुवा भएका मदनजंग राणा तथा प्राविधिक महासेनानीबाट सहायक रथीमा बढुवा भएका भरतलाल श्रेष्ठलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ । दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
