काठमाडौं । एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरण अनिवार्य भएको धारणा व्यक्त गरेका छन् ।
जारी एमाले केन्द्रीय कमिटीको दोस्रो दिन मंगलबार उपमहासचिव भट्टराई अध्यक्ष केपी शर्मा ओलीलाई लिखित धारणा बुझाउँदै यस्तो प्रस्ताव गरेका हुन् ।

‘पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरण आवश्यक छ’, भट्टराईले लिखित रुपमा ओलीलाई दिएको धारणामा भनिएको छ,‘कार्यदलको प्रतिवेदनको सुझाव अनुसार पार्टीलाई अघि बढाउन जरुरी छ । त्यसैले आगामी स्थानीय निर्वाचनसम्म अन्तरिम नेतृत्व बनाएर जान सकिन्छ ।’
त्यस्तै उनले जनता र एमालेबिचको सम्बन्ध टाढिएको भन्दै पुनजागृत गर्न जनताको भावनाअनुसार पार्टीको नीति र नेतृत्व चाहिने बताएका छन् ।
यस्ताे छ योगेश भट्टराईकाे लिखित धारणा