विराटनगर । नेपाली कांग्रेसको अधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका–४ बाट युगाङ रेग्मी र १९ वर्षीया लिशा भट्टराई युवा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै रेग्मी र भट्टराई निर्विरोध निर्वाचित भएका हुन्। उनीहरूको चयनसँगै नेपाली कांग्रेसको स्थानीय संगठनमा युवाको सहभागिता र नेतृत्वको चर्चा बढेको छ।

विराटनगर–४ बाट युवा प्रतिनिधिका रूपमा निर्वाचित रेग्मी र भट्टराईले आगामी दिनमा पार्टीका गतिविधिमा युवा पुस्ताका मुद्दा र आवाजलाई प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।