Lite Nepal

बुधबार, आश्विन ०७, २०८३

विराटनगर ।  भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मोरङले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ६ गते आइतबार रातिदेखि आगामी २४ घण्टामा मोरङसहित विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, डुबान तथा कटान हुन सक्ने भन्दै प्रशासनले नदी–खोला किनार, पहिरोको जोखिम भएका भूभाग, भिरालो जमिन तथा डुबान हुन सक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रशासनले जोखिमको संकेत देखिएमा तत्काल नजिकको सुरक्षित स्थानमा जान, अनावश्यक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न र यात्रा गर्नुपरे सडक तथा मौसमको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा बिरामी व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन पनि भनिएको छ।

त्यस्तै, पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात तथा आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न प्रशासनले अनुरोध गरेको छ। स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवालालाई पूर्वतयारीसहित सतर्क अवस्थामा रहनसमेत निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं