Lite Nepal

बिहिबार, आश्विन ०८, २०८३

काठमाडौं । कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई गाडी नियन्त्रणमा लिएको विषयमा धम्क्याएको भनिएको प्रकरण संसद्मा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले प्रतिनिधिसभाको बैठकमा उक्त विषय उठाएकी हुन्।

भन्सारमा गाडी नियन्त्रणमा लिएको विषयलाई लिएर भन्सार अधिकृतले अत्यन्तै तल्लोस्तरको धम्कीपूर्ण भाषा प्रयोग गर्दै सशस्त्र प्रहरीका एसपीलाई थर्काएको विषय बाहिर आएको भन्दै सांसद संग्रौलाले यसबारे सरकारको ध्यानाकर्षण गराइन्।

‘ती कर्मचारीले आफ्ना विभागीय महानिर्देशक, सशस्त्र प्रहरीका महानिरीक्षक र स्वयं गृहमन्त्रीलाई समेत स्वाट्टै हान्छु भन्दै कानुन, मर्यादा र चेन अफ कमान्डकै धज्जी उडाएका छन्,’ संग्रौलाले भनिन्। उनले स्वाट्टै हान्छु भन्नुको आशय के हो भन्दै प्रश्नसमेत गरिन्।

‘यो स्वाट्टै हान्छु भनेको के हो ? फोन हान्छु भनेको हो कि, तिमीलाई भेटेर हान्छु भनेको हो कि अथवा तिम्रो पद खान्छु भनेको हो ? ’ उनले प्रश्न गरिन्। साथै, ‘एउटा भन्सार अधिकृतले गृहमन्त्रीलाई हान्ने क्षमता राख्छ भने हामी संसद्मा के गरिरहेका छौं ?’ भन्दै उनले प्रश्न उठाइन्।

उक्त घटनाले सिंगो राज्य संयन्त्रको छविमै प्रश्न उठाएको भन्दै सांसद संग्रौलाले सार्वजनिक भएको भनिएको अडियो प्रकरणको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेकी छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं