Lite Nepal

बिहिबार, आश्विन ०८, २०८३

काठमाडौं । बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, २०८३ माथि सांसदहरूले २० समूहमा १६७ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले गत साउन १४ गते प्रतिनिधिसभामा दर्ता गराएको उक्त विधेयकमाथि भदौ ३ गते सैद्धान्तिक छलफल भएको थियो। छलफलपछि सांसदहरूले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय पाएका थिए।

उक्त अवधिमा सांसदहरूले विधेयकको प्रस्तावनादेखि विभिन्न दफासम्म संशोधन प्रस्ताव दर्ता गरेका हुन्। संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूमा गंगादेवी श्रेष्ठ, भीमकुमारी बुढामगर, साजिदा खातुन सिद्धिकी, ऐनबहादुर महर, भरतकुमार स्वार, रुक्मिणीदेवी कोइराला, खड्ग शाही, रेखाकुमारी यादव, कालीबहादुर सहकारी, हरिनादेवी कामी, नीनुकुमारी कर्ण, कृपाराम राना र परशुराम तामाङ रहेका छन्।

त्यस्तै, अनुष्का श्रेष्ठ, क्रान्तिशिखा धिताल, गणेश कार्की, डा. प्रमिलाकुमारी गच्छदार, गुरुप्रसाद बराल, मनिष झा, कमल सुवेदी, ज्ञानु पौड्याल, भूमिका श्रेष्ठ, सुष्मा स्वर्णकार (डिम्पल), रन्जु न्यौपाने, सृष्टि भट्टराई, सुजाता तामाङ, प्रकाशचन्द्र परियार, लिमा अधिकारी (आचार्य) र रमेशकुमार मल्लले पनि संशोधन प्रस्ताव दर्ता गरेका छन्।

प्रस्तावित विधेयकमा १३ वर्ष उमेर पुगेका बालबालिकालाई हलुका काममा लगाउन सकिने व्यवस्था गरिएको छ। विधेयकको दफा ३ को उपदफा ९१० मा भनिएको छ, ‘कसैले पनि १५ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई बाल विकाससँग सम्बन्धित काममा बाहेक अन्य काममा लगाउनु हुँदैन।’

अब सांसदहरूले दर्ता गरेका संशोधन प्रस्ताव र मूल विधेयकलाई सँगै राखेर दफावार छलफल गरिनेछ। विधेयकमाथिको यो प्रक्रिया प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा अघि बढ्नेछ।

दुवै सदनबाट पारित भएपछि विधेयक उत्पत्ति भएको सदनको नेतृत्वमार्फत राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं