Lite Nepal

शुक्रबार, आश्विन ०९, २०८३
फाइल तस्बिर

संखुवासभा । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ।

भोटखोला गाउँपालिका–३ हुङहुङमा लगातारको वर्षासँगै पहिरो खसेपछि सडकमा सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द भएको हो। पहिरोका कारण आज बिहानदेखि भोटखोलाबाट सदरमुकाम खाँदबारी तथा मकालु र चिचिलातर्फ आउने–जाने यातायात सेवा प्रभावित भएको छ।

उत्तर–दक्षिण सडक आयोजना कार्यालयका प्रमुख एवं इन्जिनियर रामबहादुर गुरुङका अनुसार पहिरो ठूलो भएकाले तत्काल सडक खुलाउन कठिनाइ भइरहेको छ। माथिल्लो क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा समेत समस्या भएको उनले बताए।

“ठाउँ–ठाउँमा ठूलो पहिरो गएकाले अहिले सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था छैन,” इन्जिनियर गुरुङले भने। सडक खुलाउन आवश्यक तयारी भइरहेको र मौसम अनुकूल भएपछि पहिरो पन्छाउने काम अघि बढाइने सडक आयोजना कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं