काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तानविरुद्ध टस हारेको छ।
जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा पौने ११ बजेदेखि सुरु हुने खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँगै रहेको छ। बिहीबार भएको समूहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको थियो।
समूह ‘ए’ बाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्। नेपाल क्वार्टरफाइनलमा पुगे भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।