काठमाडौं । नेपाल बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ थियो। सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको महासंघले जनाएको छ। चाँदीको भाउ आज तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ६५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६३० रुपैयाँ कायम भएको छ ।
