काठमाडौं । आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालले दुई स्थान सुधार गर्दै १४औँ स्थानमा उक्लिएको छ। आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १४औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १६औँ स्थानमा थियो।
एसियाली खेलकुदअन्तर्गत अफगानिस्तानविरुद्धको जितसँगै नेपालको वरीयतामा सुधार भएको हो। नेपालले १८१ रेटिङसहित कुल ७ हजार ९६८ अंक प्राप्त गरेको छ। नेपालसँग पराजित अफगानिस्तान भने एक स्थान तल झर्दै १०औँ स्थानमा पुगेको छ। वरीयताको शीर्षस्थानमा भारत यथावत् रहेको छ।
