Lite Nepal

शनिबार, आश्विन १०, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)  संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज  (असोज १० गते) स्वदेश फर्कंदै छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनी आज दिउँसो ३ः४५ बजे काठमाडौं आइपुग्नेछन्।

प्रधानमन्त्री बालेन असोज ६ गते १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएका थिए। उनले स्थानीय समयअनुसार असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए।

महासभाको ‘साइडलाइन’मा प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेटवार्ता गरेका थिए। भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं