Lite Nepal

सोमबार, भाद्र २९, २०७७

काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने मध्येका गायक बाहेक सबै छुटेका छन् ।

पक्राउ परेका ९ जना मध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौले आदेश दिएको छ ।

अदालतले म्युजिक भिडियोका गायक ग्लाल्जेन दोर्जे तामाङलाई थुनामा पठाउन आदेश दिएको हो ।

पक्राउ परेका मध्ये ३ जनालाई १५ हजार रुपैयाँ धरौटी लिएर अदालतले छाडेको छ ।

अन्य ५ जनालाई भने साधारण तारेखमा छाड्न आदेश भएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाले ३ भदौमा ९ जनालाई पक्राउ गरेको थियो ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ ।

यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं