Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

काठमाडौं । विनयराज पौडेलको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘अक्षरा’ आगामी शुक्रबारबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ । यही असोज २३ गते प्रदर्शनको तयारी गरिएको यो चलचित्रले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सर्वसाधारण सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ (यू) प्रमाणपत्र प्राप्त गरिसकेको छ ।

अभिभावकले छोरीको चाहनाविपरीत जबरजस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावको कथामा चलचित्र आधारित छ ।

‘क्षित बाबु प्रोडक्सन हाउस’को ब्यानरमा निर्मित यस चलचित्रको मुख्य भूमिकामा सुशील सिटौला र न्यान्सी खड्का रहेका छन् । उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको यस चलचित्रको कथा निर्माता उग्रसेन ढुङ्गाना स्वयंको हो भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन् । दिपेन बस्न्यातको छायाङ्कन, गौतम खड्काको सम्पादन, रामजी लामिछानेको नृत्य र कर्णराज गिरीको सङ्गीत रहेको यस चलचित्रलाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं