Lite Nepal

बुधबार, आश्विन १४, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ-तिहारलाई लक्षित गरी हवाई टिकटको मूल्य अस्वाभाविक रूपमा बढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रसाईँले चाडपर्वका समयमा हवाई कम्पनीहरूले यात्रुको बाध्यतालाई अवसरका रूपमा प्रयोग गर्दै महँगो भाडा असुल्ने गरेको आरोप लगाए।

उनले धनगढी र भद्रपुरतर्फको हवाई टिकटको मूल्य चाडपर्वको समयमा उल्लेख्य रूपमा बढाइएको दाबी गरे।

उनका अनुसार अक्टोबर १६ देखि धनगढीको एकतर्फी टिकटको मूल्य १६ हजार रुपैयाँ तथा झापाको भद्रपुरतर्फको टिकट १२ हजार रुपैयाँसम्म पुगेको छ।

हरेक वर्ष दसैँ-तिहारको समयमा हवाई भाडा बढ्ने गरेको उल्लेख गर्दै उनले नियमनकारी निकायको प्रभावकारी हस्तक्षेप आवश्यक रहेको बताए ।

सांसद प्रसाईँले चाडपर्वको समयमा यात्रुबाट मनपरी भाडा असुल्ने प्रवृत्तिप्रति व्यंग्य गर्दै एयरलाइन्स कम्पनीले नाफा कमाउने तर यात्रुले त्यसको भार व्यहोर्नुपर्ने अवस्था रहेको टिप्पणी गरे।

हवाई टिकटमा कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि भइरहेको दाबी गर्दै उनले पर्यटन मन्त्रीको समेत ध्यानाकर्षण गराए।

यात्रुहरूलाई समस्या परेको अवस्थामा सम्बन्धित मन्त्रालय र नियामक निकायले प्रभावकारी अनुगमन तथा कारबाही गर्नुपर्नेमा जोड दिँदै उनले पर्यटन मन्त्रीलाई ‘रमिते नबन्न’ आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं