Lite Nepal

बिहिबार, आश्विन १५, २०८३

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलमा रहेको सेन्ट्रल मल्टिप्लेक्सको दृश्य बिहीबार सधैँभन्दा फरक थियो ।  अन्य दिन टिकट काटेर चलचित्र हेर्न दर्शकहरू पुग्ने हलमा बिहीबार भने मानव सेवा आश्रममा आश्रित वृद्ध वृद्धा चलचित्र हेर्न पुगेका थिए । घर–परिवार र आफन्तबाट टाढा रही मानव सेवा आश्रममा आश्रित ३७ जना वृद्ध वृद्धाले सेन्ट्रल मल्टिप्लेक्समा नेपाली चलचित्र ‘बा एक योद्धा’ हेरेर मनोरञ्जन लिएका हुन् ।

चलचित्र हेर्दै गर्दा उनीहरू कहिले हाँसे भने कहिले चलचित्रका भावनात्मक दृश्यसँगै भावुक पनि बने । लामो समयपछि ठुलो पर्दामा चलचित्र हेर्न पाउँदा उनीहरूको अनुहारमा छुट्टै खुसी देखिन्थ्यो ।

आश्रमका बा, आमालाई चलचित्र हेर्ने यो अवसर जुराएको थियो सेन्ट्रल मल्टिप्लेक्सले नै । सेन्ट्रल मल्टिप्लेक्सका म्यानेजर रमेश झाका अनुसार आश्रममा आश्रित बा आमालाई चलचित्र देखाउन पाउँदा मल्टिप्लेक्स परिवार पनि खुसी भएको छ । उनका अनुसार चलचित्र सकिएपछि हलबाट बाहिरिँदै गर्दा बा आमाको मुहारमा देखिएको मुस्कान अमूल्य थियो ।

चलचित्र हेरेपछि बा आमा निकै खुसी भएको मानव सेवा आश्रमका कोशी प्रदेश संयोजक नवराज केसीले पनि बताए । ‘उहाँहरूले चलचित्रको कथा बुझ्नुभयो र कतिपय दृश्यमा भावुक पनि हुनुभयो,’ उनले भने । उनले आश्रममा आश्रित बा आमालाई चलचित्र देखाउने अवसर दिएकोमा सेन्ट्रल मल्टिप्लेक्सलाई धन्यवादसमेत दिए ।

चलचित्र सकिएपछि बाआमाहरूले चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएका थिए । उनीहरू भन्दै थिए, ‘एक पटक सबैले यो चलचित्र हेर्नुपर्छ, अनि मात्रै बा, आमाको महत्त्व थाहा हुन्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं