काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। शुक्रबार शीतल निवासमा भएको भेटवार्ताका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन राष्ट्रपति पौडेल आइतबार प्रस्थान गर्न लागेको जानकारी गराएका थिए।
