काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले पार्टी सभापति गगन थापाले सहकार्य, सहमति र एकताको सन्देश दिँदै छाती फराकिलो पारेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य दिँदै बानियाँले थापाले विद्यार्थी राजनीतिदेखि कांग्रेसको नेतृत्व गर्दै देशको नेतृत्व गर्ने लक्ष्य अघि सारेको बताए।

‘उहाँ (गगन थापा) ले विद्यार्थी राजनीतिदेखि कांग्रेसको नेतृत्व गर्दै देशको नेतृत्व गर्छौं भन्नुभएको छ,’ उनले भने। बानियाँले नेपाली कांग्रेसले विगतमा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जनताको पक्षमा काम गरेको उल्लेख गर्दै आगामी दिनमा पनि सोही भूमिकालाई निरन्तरता दिने बताए।
