Lite Nepal

मंगलबार, आश्विन २०, २०८३

विराटनगर । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ। सोमबार राति जहदा गाउँपालिका–१, नयाँ बस्ती नजिकैको धानबारीमा कालो प्लास्टिकमा प्याक गरी लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल, ३ नम्बर गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले धानबारीमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरी बल मोरङले जनाएका छ ।
सशस्त्र प्रहरीका  अनुसार सीमावर्ती क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको गाँजाको तौल २१० किलो रहेको छ। गाँजा कसले लुकाएर राखेको हो भन्नेबारे भने यकिन हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं