Lite Nepal

बुधबार, आश्विन २१, २०८३

काठमाडौं । नेपाली काँग्रेसको १५औं महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

मंगलबार सभापति पदमा उम्मेदवारी दर्ता गराएका राठौरले बुधबार राष्ट्रिय सभा भवनमा पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

राठौरले सभापति गगनकुमार थापाको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

उम्मेदवारी फिर्ता लिए पनि काँग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने अभियानमा आफू सक्रिय रहने उनको भनाइ छ।

जारी १५औँ महाधिवेशनमा सभापति पदका लागि राठौरसँगै गगनकुमार थापा र श्यामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गराएका थिए।

राठौर प्रतिस्पर्धाबाट बाहिरिएसँगै काँग्रेस सभापति पदका लागि अब थापा र खड्कीबीच प्रतिस्पर्धा हुने भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं