Lite Nepal

शुक्रबार, कार्तिक १३, २०८३

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रहरी नायब निरीक्षक  दीपक कटुवाललाई २०८३ साल असोज महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरेको छ । धनकुटाको हिले प्रहरी चौकीमा कार्यरत कटुवालले विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

कटुवालले विशेष सूचनाका आधारमा लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । गत असोज ९ गते राति करिब ८ः४५ बजे धनकुटा नगरपालिका–१ स्थित एक होटलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–२ निवासी ३७ वर्षीय मनिष अधिकारीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका अधिकारीको साथबाट तीन ग्राम पाँच सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको थियो । उक्त कारबाहीमा कटुवालले सक्रिय भूमिका निर्वाह गरेका थिए । लागुऔषध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा देखाएको सक्रियता र जिम्मेवारीप्रतिको प्रतिबद्धताको कदर गर्दै उनलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं